असोज ७सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज ७ गतेसम्मका लागि स्थगित भएको छ।

एमालेको विरोधका बाबजुद सोमबार बसेको प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षका लागि बजेट पारित गर्दै असोज ७ सम्मका लागि स्थगित भएको हो । आजको बैठकले  बजेट विनियोजन विधेयक र आर्थिक विधेयक २०७८ विधेयक पारित गरेको छ । 

बैठकमा संसद प्रेम सुवालले चुरोट खैनी सूर्तिमाथि प्रतिबन्ध र भक्तपुरको साना औद्योगिक क्षेत्रले सो क्षेत्रमा स्थानीयवासीलाई असर पुर्‍याएकाले अविलम्ब हटाउन माग गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.