काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सामाजिक सल्लाहकारमा डा . नरेशविक्रम ढकाललाई नियुक्त गरेका छन् ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री शाहीको सामाजिक सल्लाहकारमा ढकाललाई नियुक्त गरेको हो । ढकाल सुर्खेत गुर्भाकोट नगरपालिका२ का वासिन्दा हुन् ।
सल्लाहकारमा नियुक्त ढकालले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने छन् । लामो समय शिक्षा क्षेत्रमा क्रियाशील रहेका ढकालसँग विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ ।