१२ एजेण्डामा छलफल गर्दै जसपा

काठमाडौँ । आन्तरिक विवाद चुलिएको बेला जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठकको १२ वठा एजेण्डा तय गरिएको छ । 

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सुरु भएको छ । 

जसपामा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच चर्को विवाद छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.