काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही समयमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५५५जना निको भएका छन् ।