काठमाडौं । फिल्म म यस्तो गीत गाउँछु २ रिलिजसँगै नेपाली फिल्मले एउटा आशा देखाएको छ । कोरोना कहरको चपेटामा परेको फिल्म क्षेत्र पुनः शुचारु भएको छ । शुक्रवारबाट रिलिजमा आएको म यस्तो गीत गाउँछु २ ले फेरि फिल्म चल्ने छनक देखाएको छ । फिल्मलाई औसत दर्शकले साथ दिइरहेका छन् ।
यस्तै चैत्रलाई रिलिज मिति टार्गेट गर्दै फिल्म चिसो एष्ट्रेको ट्रेलर सार्वजनिक गरेको छ । कंगारु क्रियशन र क्रियटिभ नेपाल फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्म चिसो एष्ट्रेले काठमाडौंमा रुमलिएका यूवाहरुको कथा बोलेको छ ।
काठमाडौंलाई सपनाको शहर मानेर भित्रिएका युवाहरुको सपना साकार पार्ने अठोट र त्यसको परिस्थिती वारेमा फिल्मको ट्रेलर सार्वजनिक भएको हो । फिल्मको ट्रेलरलाई हेर्दा निर्देशकीय पाटो बलियो देखिन्छ । स्क्रिनप्ले, सिनेमाटोग्राफी र ब्याकराउण्ड म्युजिकले ट्रेलरलाई आकर्षक बनाएको छ ।
ट्रेलरबाट फिल्म प्रतिको आशा बढेको छ । केही समययता नेपाली दर्शकहरुले हेर्न चाहेको जस्तो फिल्म चिसो एष्ट्रे हुनसक्ने धेरैको अनुमान पनि छ । तथापी ट्रेलर राम्रो भएर फिल्म चिलम चैट भएको धेरै उदाहरण छ ।
महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्म चिसो एष्ट्रे चैत्र ४ गतेबाट रिलिजमा आउँदैछ । फिल्मलाई आफ्नै कथामा दिनेश पाल्पालीले निर्देशन गरेका हुन् । उज्वल बास्टाकोटीले खिचेको फिल्ममा उज्वल दकालको सम्पादन, अजर जंगम, रविन तामाङ र गरिमा गुरुङको संगीत रहेको छ ।
त्यस्तै फिल्ममा नोबल फ्रेक्सको ब्याराउण्ड स्कोर रहेको छ । फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, श्रृष्टि श्रेष्ठलगायतको अभिनय रहेको छ । फिल्ममा प्रविन स्याङ्ग्बो र सुस्मिता पराजुलीको लगानी रहेको छ ।
कवि बालकृष्ण समको कवितामा आधारित भएर फिल्म चिसो एष्ट्रे निर्माण भएको हो ।