कमल थापाले गरे ६ जना पदाधिकारी मनोनयन

काठमाडाैं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । अध्यक्ष थापाले  कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गरेका हुन् ।  

जसअनुरुप कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित भएका छन् भने प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य  मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्बाङ र  आइतराम तामाङ मनोनित भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.