फुटको संघारमा माओवादी, नारायणकाजी श्रेष्ठले प्रचण्डसँग विद्रोह गर्ने

काठमाडौं । आज सत्तारुढ गठबन्धनले सहमतिमै एमसीसी पास गर्ने निर्णय गरेको छ । विशेषगरि नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन जोगाउनका लागि सहमतिमै एमसीसी पास गर्ने निर्णग गरे लगतै माओवादी र एकीकृत समाजवादीमा असन्तुष्ट पक्ष आक्रोसित भएका छन् ।

एकीकृत समाजवादीमा झलनाथ खनाललगायतका नेता असन्तुष्ट छन् । त्यस्तै माओवादीमा भने नारायणकाजी श्रेष्ठसहित चार जना नेताहरु असन्तुष्ट छन् । प्रचण्ड एमसीसी पास गर्ने निर्णयसहित प्रधानमन्त्री देउवासँग संवादमा छन् । यता श्रेष्ठ भने प्रदर्शनकारीहरुलाई साथ दिँदै एमसीसीको विरोध गर्न सडकमा पुगेका छन् ।

नेतृत्वले पार्टीको निर्णय भन्दै एकलौटी निर्णय गरे राम्रो नुहुने चेतवनी दिँदै श्रेष्ठले कुनै पनि हालतमा एमसीसी जस्ताको तस्तै पास हुन नसक्ने बताएका छन् । यदि जबर्जस्ती पास गर्न खोजे विद्र्रोह गर्छौ, उनले भनेका छन् ।

पार्टीभित्रै विद्रोह गर्ने चेतनावी दिएको श्रेष्ठले परिआए पार्टी त्याग गर्न सक्नेसमेत बताएका छन् । यता झलनाथ खनाले पनि एकीकृत समाजवादीका आफु निकट नेताहरुलाई एमसीसीको विपक्षमा उभिन आग्रह गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.