एमसीसी अनुमोदनको पक्षमा उभिने नेकपा एसको निर्णय

काठमाडौं । व्याख्यात्मक घोषणालाई समर्थन गर्दै एमसीसी अनुमोदन गर्ने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ । भर्खरै बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो ।

आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.