नतिजा प्रकाशन नगरेको भन्दै लोकसेवा आयोग अगाडी विद्यार्थीको प्रदर्शन

काठमाडौं । नतिजा प्रकाशनको माग राख्दै विद्यार्थीले लोकसेवा आयोगको कार्यालय अगाडी प्रदर्शन गरेका छन् । आयोगले २०७६ मा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै आयोग अगाडी विरोध गरेका हुन् ।

विरोधमा शाखा अधिकृतको परिक्षा दिएका ६३१ परिक्षार्थी सहभागी भएका थिए । उनीहरुले लोकसेवा आयोगप्रतिको आस्था र भरोसालाई जोगाइराख्न भएपनि तत्काल नतिजा प्रकाशन गर्नुपर्ने बताएका छन् । लोकसेवा जस्तो जिम्मेवार संस्थाले समेत यस्तो लापारवाही गर्ने हो भने जनताले विश्वास गर्ने बाटो नै नरहने उनीहरुको भनाई छ ।

समयमै नतिजा ननिकालेर विद्यार्थीको भविष्यमाथि खेलवाडा गरेको विरोधमा उत्रेका एक विद्यार्थी बताउँछन् । आयोगले नियम, कानून र ऐनले तोकेको प्रावधान अनुरुप नजिता प्रकाशन नगरेको उनको आरोप छ । लोकसेवा आयोगको हेलचेक्र्याइका कारण कतिपय विद्यार्थी डिप्रेषणमा गएको समेत उनको भनाई छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.