पोखरामा 'माझी दाइ'को छायांकन

काठमाडौं । संचारकर्मी तथा डकुमेन्ट्री निर्देशक गणेश पाण्डेको पहिलो गीत ‘माझी दाइ’को छायांकन शुरु भएको छ । माझी दाइमा मोडल सारिका केसी र शिशिर पौडेल फिचर्ड छन् ।

गीतमा नेत्र अर्यालको शब्द र अनिश दवाडीको संगीत छ । गणेश पाण्डे र सुनिता बुढाक्षेत्री स्वरमा गीत तयार भएको हो । गीतको छायांकन अहिले पोखरामा भइरहेको छ ।

पाण्डेको स्वर रहेको यो पहिलो गीत हो । छायांकन लगतै भिडियो सार्वजनिक गरिने उनले क्विक नेपाललाई बताए । गीतको निर्देशन विनोद भण्डारीले गरेका छन् । माझी दाइलाई नवराज उप्रेती खिचेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.