‘फष्ट फ्लाएर्स फिल्म अवार्ड ०७९’ घोषणा

काठमाडौं । अवार्डहरुको बीचमा ‘फष्ट फ्लाएर्स फिल्म अवार्ड ०७९’ थपिने भएको छ । नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा  ‘फष्ट फ्लाएर्स फिल्म अवार्ड ०७९’  आयोजना गर्न लागेको आयोजकले आइतवार जानकारी दिएका छन् । साइमन फिल्मस्ले मुम्बईको डिजाइनमा ओजश फिल्मस् एन्ड इन्टरटेन्टमेन्टसँगको सहकार्यक्रमा अवार्ड आयोजना गर्न लागेको हो ।


एक कार्यक्रमकाबीच अवार्ड घोषणा गरिएको हो । आयोजक साइमन फिल्मस्ले कार्यक्रममा वर्ष २०७६, ०७७ र ०७८ का फिल्म समेटेर अवार्ड आयोजना गर्न लागेको जानकारी दियो । आगामी बैशाख २४ गते आयोजना हुने बताइएको अवार्डमा दुई दर्जन बढी विधा समेटिनेछन् । अवार्ड विराटनगरमा आयोजना हुनेछ ।

आयोजक संस्थाका संयोजक साइमन राजवंशी हुन् । उनले नेपाली फिल्म हेर्ने दर्शक बढाउन विाटनगरमाअवार्ड आयोजना गर्न लागेको बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.