काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतकले संसदको गतिरोध अन्त्यका लागि सभामुख र सरकार जिम्मेवारी हुनुपर्ने बताएका छन् । सोमबार सरकारले प्रमुख प्रतिपक्षी एमालेको विरोधकै बीच सरकारले बजेट प्रतिस्थापन विधेयक पारित गरेपछि क्विक नेपालसँग सचेतक भट्टराईले यस्तो बताएका हुन् ।
‘प्रतिपक्षको आवाज दबाउन खोजियो। अहिलेको संसद्को गतिरोधको अन्य गर्न सभामुख र सत्तापक्ष जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैली संसदीय मर्यादाविपरीत भयो ।’
साउन ३ देखि ३२ गतेसम्म २९ दिन संसदलाई बिजनेशविहीन बनाएको बताउँदै त्यति लामो समय जनताको आवाज बन्द किन गरियो भनी प्रश्न गरेका छन् ।