सुर्खेत । सुर्खेतमा हिजो राति सवा आठ बजेदेखि कर्फ्यु लगाईएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गर्दै आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोक–चोकमा पर्याप्त प्रहरी खटाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्नसक्ने आदेश दिएको छ ।