१४ सांसदउपर सर्वोच्चमा परेको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदउपर संर्वोच्चमा दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले हेरेको सो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 

निवेदक पक्षका कानून व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरेका भए पनि निवेदक एमाले अध्यक्ष ओलीको जवाफ बाँकी रहेपछि मुद्दा मंगलबारका लागि हेर्दा हेर्दैमा राखिएको छ।

बहसका क्रम्मा निवेदक पक्षका कानून व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानून भएको जिकिर गरेका थिए ।

अधिवक्ताहरु बाबुराम दाहाल, रमेश वडाल, महेश न्यौपाने, रविनारायण खनाल, ईश्वरी भट्टराई लगायतले एकीकृत समाजवादी पार्टीको दर्ता गैर कानुनी भएको बताएका हुन्।माधव नेपालसहित १४ जनाविरुद्धको मुद्दाको कुनै औचित्य नभएको विपक्षी तर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाको भनाइ थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.