काठमाडौं । हिन्दूहरुको बाहुल्यता भएको राज्य हो । हिन्दुको महान चाड दसैँ र तिहार नजिकिँदै छन् । चाँडबाँड नजिकिएसँगै उपत्यकाका मुख्य सहरमा विभिन्न वस्तु किनमेल गर्नेहरुको चाप बढेको छ ।
चाँडपर्वको अवसरमा विभिन्न चिजविजमध्ये मरमसला (ल्वाङ,सुकुमेल,दालचिनि,मरिच,जाईदाना,जिरा)पनि मानिसको रोजाइमा पर्छ विशेष मासुका विभिन्न परिकार बनाइने भएकाले मसलाको आवश्यकता उच्च रहन्छ ।
उसो त अरुबेला मानिसले खपत नै नगर्ने भने होइनन्, तर चाँडपर्वका बेला पारिवारिक जमघट र पाहुना बढी हुने भएकाले पनि यस्ता मसलाहरु बढी प्रयोग हुन्छन् ।
नेपालटारका खुद्रा किरना पसले रवीन पुरी चाडपर्वमा अरु बेलाभन्दा बढी भ्याइनभ्याइ हुने बताउँछन् । किनमेलमा चाप बढेकाले लकडाउनले थन्थिलो पारेको व्यापार बढनेमा उनी आसावादी छन् ।
त्यसैगरी, कपन भृकुटीचोकका अर्का व्यापारी सामानको मूल्य बढेकाले आफूहरुले पनि महँगोमा बेच्नु परेको बताउँछन् । दशैमा मूल्य घटाइए दसैँ मनाउन सहज हुने उनको तर्क छ ।
अहिले बजारमा भान्साभित्रका बाहिरका हरेक वस्तुको मूल्य बढेको छ। नेपाल खुद्रा व्व्यापार संघका अनुसार कोभिडका कारणले मूल्य बढेको हो। होलसेलबाटै महँगो भएका कारणले खुद्रा व्पायरीले पनि महँगोमा बेच्नुपरेको व्व्यापार संघले जानकारी दिएको छ। बजार पूर्ण रुपमा खुलिसकेकाले अब केही सस्तो हुने आशा उपभोक्ताको छ।
यस्तै दसैँ–तिहारका लागि भनेर मसलाहरु आयात नहुने भन्सार विभागका अनुसार दसैँ–तिहारमा सामान्य अवस्थामा भन्दा बढी बढी खपत हुन्छ । चाँडपर्वकै लागि भनेर आयात हुँदैन ।
चालू आर्थिक २०७८/०७९ को पहिलो महिना (साउन) मा सुकुमेल २ करोड ४८ लाख ४४ हजार ४ सय १५ रुपैयाँको १६ हजार ८ सय २९ केजी आयात भएको भन्सार विभागको तथ्यांक छ।
गत आर्थिक वर्षको सोही महिनामा १ करोड ९ लाख ३२ हजार ३ सय ३९ रुपैयाँको ८ हजार ७५ केजी सुकुमेल आयात भएको थियो। यस्तै चालू आर्थिक वर्षको पहिलो महिनामा मरिच ५० करोड १६ लाख ९९ हजार ६ सय ४८ रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ।
यस्तै सोही अवधिमा सुकेको खुर्सानी १३ करोड २५ लाख ८० हजार ५ सय ९२ रुपैयाँ, दालचिनी ६३ लाख ८९ हजार ४ सय ८१ रुपैयाँ, ल्वाङ १ करोड ७५ लाख ४२ हजार ८ सय २३ रुपैयाँ, जाइफल ७२ लाख ८७ हजार ५३ रुपैयाँ, धनियाँ ४ करोड ९६ लाख ३५ हजार ५ सय १० रुपैयाँ, जिरा २३ करोड ७९ लाख ९४ हजार ६ सय ४४ रुपैयाँ र सुप ६९ लाख ४३ हजार १ सय ६० रुपैयाँ बराबरको आयात भएको छ। यसैगरी सुकेको अदुवा १ करोड २६ लाख ५६ हजार ८ सय ८० रुपैयाँ, केसर १० लाख ३७ हजार १ सय ५७ रुपैयाँ, बेसार २ करोड ९२ लाख २६ हजार ५९ रुपैयाँ र मेथी १ करोड ४० लाख २४ हजार ९ सय ८६ रुपैयाँको मसला आयात भएको भन्सार विभागको तथ्यांक छ।