काठमाडौं । करिब डेढ वर्षपछि अभिनेता अनमोल केसी मिडिया सामु उपस्थित भएका छन्, त्यो पनि आफ्ना बाबु भुवन केसीको जन्मदिनको अवसरमा ।
त्यसअघि उनी पछिल्लो डेढ वर्षदेखि मिडियोमा देखिएकै थिएनन् ।
धेरैपछि सार्वजनिक भएका अनमोलको अनुहारमा जुँगामात्र होइन, ज्यानमा तौल समेत बढेको उनलाई देख्ने सबैले सहजै अनुभव गरे ।
चकलेटी अनुहारका अनमोलको शरीर सुगठित देखिएको छ ।
यो सबै केका लागि होला ?
पक्कै पनि चरित्र सुहाउँदो बन्नका लागि हो ।
यति बेला उनी नयाँ नेपाली फिल्म ‘एक्स नाइन’ को वर्कसपमा रहेका छन् ।
यसैका लागि उनको तौल ९५ किलोग्राम पुग्नु पर्ने छ, जसका लागि उनले ७,८ किलोग्राम तौल बढाई सकेका छन् ।
उनले ‘भिलेन सँग लड्न’ तौल बढाउनु पर्ने बताएका छन् ।
कति चकलेटी देखिनु भनेर भन्ने उनले यसअघि समेत अर्को एक्सन फिल्म ‘कृ’ मा काम गरेका थिए, तर उक्त फिल्ममा उनको फरक लुक दर्शकले खासै मन पराएनन् ।
यस्तोमा ‘एक्स नाइन’ र ‘पारस’को लागि भनेर बढेको शरीर मात्रैले दर्शक हलसम्म तान्ला त ?
अनमोलले ज्यानसंगै अभिनयको स्तरमा पनि ध्यान दिए उनको फ्यान फलोइङ अझ बढ्थ्यो कि ?
संविधान दिवसको अवसर अनमोल केसीले राष्ट्रपतिको हातबाट जनसेवाश्री पदक पाएको कलाकर्मी परिवारको तर्फबाट हार्दिक वधाइ ।