माओवादी बैठकका ६ एजेण्डा

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा जारी छ । बैठकमा ६ वटा एजेण्डा पेस गरिएको छ ।

तय भएका एजेण्डाहरुमा पहिलो नम्बरमा शहीदप्रति श्रद्धाञ्जली दिइने उल्लेख छ भने दोस्रो नम्बरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकातर्फबट रिर्पाटिङ गर्ने र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे छलफल गर्ने उल्लेख छ ।

त्यसपछि सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनबारे छलफल गरिनेछ । कार्यविभाजनसँगै स्थानीय चुनावकेन्द्रित एजेण्डामा पनि बैठकमा छलफल हुने कार्यसूची तय भएको एक केन्द्रीय सदस्यले बताए ।

एजेण्डाको चौथो नम्बरमा कार्यविभाजनबारे छलफल गर्ने र पाँचौं नम्बरमा स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्ने उल्लेख छ ।

एजेण्डाको अन्तिम ६ नम्बरमा विविध विषय राखिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.