काठमाडौं । गायिका पारु राई र गायक मनोज थापा मगरको स्वरमा समावेश नयाँ बोलको गीत ‘यो माया हैन र’ सार्वजनिक भएको छ । भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय रहेको छ भने विशेष भूमिकामा दिलिप राईको समेत अभिनय छ । प्रेमकथामा आधारित यो गीतमा पारु राईको नै शब्द र गायक मनोज थापा मगरको संगीत छ ।
युकेका रमणीय स्थलहरुमा छायांकन गरिएको छ । पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई बेलायतमा स्थापित संचारकर्मी कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको छ ।
भिडियोः