अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सर्‍यो

काठमाडौँ । माओवादी केन्द्रको भातृ संगठन अहिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलन पर सरेको छ । तयारी नपुगेको भन्दै पर सरेको हो ।यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको छ ।

केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताएका छन् ।

२१ औं राष्ट्रिय सम्मेलनमा भने क्रान्तिकारीले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गरेको थियो । त्यसयता संगठन र पार्टीमा गुटबन्दी बढेको भन्दै प्रचण्डले सहमतिबाटै नेतृत्व चुन्नुपर्नेमा जोड दिंदै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.