मेलिना राई र मिलन लावतीको लिम्बू भाषाकाे गीत

तेह्रथुम । चर्चित गायिका मेलिना राई र गायक मिलन लावतीको स्वरमा रहेको लिम्बू भाषाको भुईसोरी सेवारो गीत सार्वजनिक गर्ने तयारी भएको छ ।

गीतमा दिपेन सेनेहाङ र मञ्जु साम्बाको अभिनय रहेको छ । सेनेहाङले यसअघि कान्छी राम्रीमा समेत अभिनय गरिसकेका छन् । 

उजाड योङहाङ (गैरीगाउँको ठूले) को निर्देशन रहेको गीतको छायांकन र सम्पादन समिर सोदेम्बाले गरेका छन् ।

लिम्बू कला, संस्कृति, परम्परा, पहिरनका साथै पहिचानलाई विशेष प्राथमिकतामा राखिएको गीत शुक्रबार सार्वजनिक गर्ने तयारी भएको दिपेन सेनेहाङले बताए ।

पूर्वेली भाकामा रहेको गीतमा मिलन लावतीको शब्द तथा संगीत छ । गीतको दोहा कतारको विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.