काठमाडौं। राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभा भवनस्थित सो बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित गरेका तीनवटा बजेटको विधेयक पेस गर्ने कार्यक्रम छ ।
अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पारित गरेको थियो।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्ने छन् । त्यसपछि विधेयकबारे सैद्धान्तिक छलफल हुनेछ ।