माओवादीले चुनावपछिमात्रै पदाधिकारी चयन गर्ने

काठमाडाैं । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक पदाधिकारी चयन नै नगरी टुंगिने भएको छ । नेकपा माओवादी केन्द्रले आगामि ३० वैशाखमा हुने स्थानिय चुनाव पछि मात्र पदाधिकारी चयन गर्ने भएको हाे ।

पार्टी स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने भएकोले पदाधिकारी चयन स्थानीय चुनावपछि मात्रै गर्ने बताईएको छ । बैठकका ६ वटा एजण्डामध्ये महत्वपूर्ण एजेण्डामा पदाधिकारी चयन पनि समावेश थियो ।

एमसीसीमाथिको छलफल पनि त्यतिबेलै गराउने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.