ओलीको रिटमा आज सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिट निव्दनमा आज पनि सुनुवाइ हुँदैछ । अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिटलाई सोमबार हेर्दा हेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिट निवेदनमा सोमबार निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । यसैगरी विपक्षी तर्फका कानुन व्यवसायीले पनि सोमबार नै बहस थालेका छन् । यद्यपि विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्गिएको छैन ।

मंगलबार विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्ग्याएर जवाफी बहस हुने र इजलासले अन्तरिम आदेशका बारेमा फैसला गर्ने सम्भावना छ ।

ओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा अन्तिमपल्ट विश्वासको मत लिँदा अनुपस्थित भएर ह्वीप उल्लंघन गरेकामध्ये पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न पनि रिट निवेदनमा माग गरेका छन् । साथै पाटीले पदमुक्त कारबाही गरेका साँसदलाई पदमुक्त नगरेको भन्दै उनले सभामुख अग्निसापकोटाविरुद्ध रिट दायर गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.