माओवादी केन्दको चुनावी कमाण्ड र प्रदेश इन्चार्ज घोषणा 

  काठमाडौं । माओवादी केन्द्रले  आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन  विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड  बनाएको छ । 

प्रदेशगत  रुपमानै  इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै  विभिन्न जिल्ला भित्रबाट विभाजन गरेर कमाण्ड बनाएर  पार्टीका  क्रियाकलाप 
 मजबुद्ध बनाउने निर्णय गरेको हो । 


 आज सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले इन्चार्ज  तोकिसकेको छ  । उक्त निर्णयअनुसार  प्रदेश १ को इन्चार्जमा राम कार्कीलाई  चयन गरिएको छ  ।

यसैगरि मधेश  प्रदेशको इन्चार्जमा गणेश शाह, बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनी प्रदेशमा  चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल, सुदूरपश्चिम प्रदेशमा  खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।  । 

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई  समूहमा विभाजन गरेर कमाण्ड बनाउने भनिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.