काठमाडौं। सुनको मूल्यमा आज समान्य वृद्धि भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज ३०० रूपैयाँ बढेर ८९ हजार २०० रूपैयाँमा कारोबार भएको हो ।
आज तेजावी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।