सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले जलकिनी बस्ने ५० वर्षीय नुरबहादुर बस्नेत लगायत पाँच जनालाई सोमबार बिहान पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएका प्रहरीले गोप्य सूचनाको आधारमा बस्नेतको घर र गोठ तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।