काठमाडौं । नेकपा माओवादी केन्द्रमा वडादेखि केन्द्रीय समितिसम्म निर्वाचनमार्फत् नेतृत्व चयन हुने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउने कार्यविधि बनाएसँगै केन्द्रदेसम्मका नेतृत्व निर्वाचनमार्फत् आउने भएका हुन्।
नेकपा माओवादी केन्द्रमा यसअघि तहमा निर्वाचनमार्फत् नेतृत्व चयन हुने प्रक्रिया थिएन । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । माओवादी स्रोतका अनुसार माओवादीमा वडादेखि माथिल्लो तहसम्म दुई लाख ८५ हजार नेतृत्व निर्वाचनमार्फत चयन हुनेछन् ।
अध्यक्ष प्रचण्ड र नेता पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमार्फत् सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिएका छन ् ।