गरिमा र गणेशको ‘तिम्रो काखमा’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । रिता भण्डारीको ‘तिम्रो काखमा’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । कलाकार गणेश हमाल र गरिमा शर्मालको अभिनय रहेको ‘तिम्रै काखमा’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ ।

कुशलराज खडकाको स्वर रहेको उक्त गीतमा मनोज चौलागाईँको संगीत रहेको छ । यो विश्वनै माया र प्रेममा अडिएको छ, यहीँ कुराको भावलाई गितमा समावेश गरिएको रिता भण्डारीले बताईन् ।

गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन रहेको छ ।

 

(भिडियो) 

© 2021 Quicknepal.com  |  All Rights Reserved.