एमालेद्धारा राष्ट्रियसभाको बैठकमा पनि अवरोध

 

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक पनि अवरोध जनाएको छ । दिउसो १ बजे राष्ट्रियसभाको हलमा बैठक शुरु भएलगतै एमाले सांसदहरुरुले सभामुख अग्नि सापकोटको भूमिका तटस्थ रहेको भन्दै अवरोध जनाएका हुन ।

एमाले सांसदको अवरोधपछि अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो भनाइ राख्न दिएको समयमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश व्यक्त गरे । सांसद दाहालले प्रतिपक्षीको विरोधका बीच सरकारले जवरजस्ती वजेट अध्यादेश अघि बढाउन खोजेको आरोप लगाएका छन्।

संसदीय अभ्यासमा मर्यादा हुन्छ, बजेटको प्रतिस्थापन अध्यादेश पेस गर्नुपूर्व अर्थमन्त्रीको आसन कुनामा थियो, अझ बजेट पेस गर्न त उहाँ कुदेर नै रोष्ट्रममा पुग्नु भयो । भन्न पनि अप्ठ्यारो लागेको छ तर भन्नै पर्छ उहाँले गुरिल्ला शैली अपनाउनुभयो’, दाहालले भने ।

मन्तव्यको अन्त्यमा उनले राष्ट्रियसभा पनि चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित बजेट अध्यादेश पेस गर्ने कार्यसूचि रहेको छ।
।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.