सप्तरी । नेकपा(एमाले)केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले सप्तरीमा नयाँ घर खरिद गरेका छ्न। आज शनिबार गृह प्रवेश कार्यक्रम बीच व्यापक नेता र कर्याकर्ताहरुको उपस्थितिमा सो घरमा सरेको हो।
कञ्चनरुप नगरपालिका वडा नम्बर ७ आदर्शटोल स्थिति घर समेत रहेको तीन कठा जग्गा खरिद गरेको छ । एक तले काठको घर र एउटा भान्सा कोठा सहितको संरचना छ ।
ठेट नेता भनेर चिनिने देवकोटाको गृह प्रवेश कार्यक्रममा नेता सत्यनारायण मंडल,पुर्व उपसभामुख गंगा प्रसाद यादव र प्रतिनिधिसभा सदस्य सरिता गिरि समेत उपस्थित भएको थियो।गाउँदेखि प्रदेश तहका हजारौं नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

