एपिएफमाथि आक्रमण गर्ने भारतीय समूहका एक तस्कर पक्राउ

कञ्चनपुर । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर समूहमा आबद्ध एकजना पक्राउ परेका छन् । 

कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेका अनुसार भारतीय प्रहरीले अर्जुन कुमारलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सोमबार साँझ गस्तीमा खटिए नेपाल सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहले ढुङ्गामुढा गरेको थियो । सो आक्रमणमा परी सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.