काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन नमान्ने वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले साउनयता बैंकिङ निर्देशन नमान्ने १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको हाे ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागका अनुसार पहिलो त्रैमासमा कुनै बैंक कारबाहीमा परेका छैनन् र दोस्रो त्रैमासमा निर्देशन अटेर गर्ने यि बैंक कारबाही परेका हुन् ।
कारबाहीमा परेका अधिकांश बैंकहरूले ब्याजदर नीति उल्लंघन गरेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
नेपाल एसबीआई, एनसीसी, नेपाल बंगलादेश,हिमालयन, सनराइज, मेगा, सेन्चुरी बैंक, सिटिजन्स, राष्ट्रिय वाणिज्य बैंक, नबिल, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र एनएमबी बैंक लगाएतका कारवाहीमा परेका छन् ।


