काठमाडाैं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हाे ।
भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ ।
यद्यपि हालसम्म निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।
