राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैनः राप्रपा प्रवक्ता

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दूवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् । 

 देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए ।  उनले भने, ‘१०र२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’ 

२०७४ मा भन्दा बढी स्थानीय तहमा पार्टीले विजय हाँसिल गर्ने पनि उनको दाबी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.