होलीसँगै भक्तपुरमा स्टन्ट शोको रौनक (तस्बिरसहित)

भक्तपुर ।  मोटरसाइकल उडाउने साहसिक खेलसहितको होलीमा बिहीबार भक्तपुरेवासी रमाएका छन् । सल्लाघारीमा आयोजित ‘होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स’मा सयौं दर्शकले निःशुल्क रुपमा मनोरन्जन लिएका छन् । 

275769697_1349752848784492_7947029893095717961_n.jpg.jpg

हिडन एक्सन स्टन्ट एकेडमीको आयोजनामा एकेडमीकै हल सल्लाघारी भक्तपुरमा कार्यक्रम भएको हो । दर्शहरुले प्रोफेसनल स्टन्ट शो, स्लो रेस, टग अफ वार, टायर लिफ्टिंग, डिजे कुन्सागसँंग डिजे पार्टीलगायतको भरपुर मनोरन्जन लिएका थिए । 

नेपाल इको प्यानललगायतको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी नेपाल इको प्यानका प्रमुख कार्यकारी निर्देशक इन्जिनियर कृष्णभक्त दुवालले कार्यक्रम निकै सफल भएको बताए । ‘होलीसंँगै प्रोफेसनल स्टन्ट शो हेर्न पाउँंदा दर्शकहरू अत्यन्त रमाए,’ इन्जिनियर दुवालले भने ।

274877010_469043761619161_820543608400717754_n.jpg.jpg

275977902_702564760875792_806505818737398995_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.