चुनावमा होमियो एकीकृत समाजवादी, सातै प्रदेशमा अनुगमन टोली खटाउने

काठमाडाैं ।  नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन अभियानको नारा र प्रदेशगत अनुगमनको जिम्मेवारी लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाउने भएको छ । त्यसका लागि बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा केन्द्रीय अनुगमन टोली गठन गरेको छ। 

समाजवादीले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा स्थायी समिति सदस्य रामचन्द्र झालाई खटाउने भएको छ।

 टोलीले प्रदेश अन्तर्गतका स्थानीय तहमा संगठन निर्माण, सदस्यता वितरण र निर्वाचन प्रचारका लागि भएका कामहरुको अनुगमन गर्नेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.