कक्षा १२ को परीक्षा आगामि जेठ १८ देखि

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन हुने भएको छ । परीक्षा जेठ १८ देखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे हाे । 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरीरहेकाे छ र प्रश्नपत्र गत वर्ष जस्तै परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ ।

बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.