थप ५१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३ हजार ९९६ जना संक्रिय संक्रमित रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.