मुगुमा नवमी मेला भर्ने दर्शनार्थीको उल्लेख्य उपस्थिति

खड्क सुनार

मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिका- ३ मा रहेको प्रसिद्ध विजय गुरा देवताको नवमीमा लाग्ने मेला हेर्न भक्तजनहरूको भीड लाग्ने गरेको छ । स्थानीय परंपराअनुसार ३० भदौदेखि सुरु हुने मेलामा सोरु गाउँपालिका- ३ ठूला गाउँस्थित विजय गुरा देवताको दर्शन गर्नेहरूको भीड लाग्ने गरेको हो । मेला आज सम्पन्न भएको छ ।

माटोका धनी देवाताका रूपमा मानिने यी देवतासँग जग्गा नहुने, छोरा-छोरी नहुने, पशुचौपाया नहुनेलगायतले वर मागे पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

विजय गुरा देवताको दर्शन गर्नका लागि नवमीका दिन मुगु जिल्लाका मात्र नभई कर्णालीका जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख र सुदूरपश्चिम प्रदेशका बजाङ, बाजुरालगायत छिमेकी जिल्लाबाट पनि हजारौँ दर्शनार्थीहरू आउने गरेका छन् ।

यहाँ आउने दर्शनार्थीहरूले खसी, बोका, कुखुरा चढाएर वर माग्ने गरेका छन् । सोरु गाँउपालिका- ३ का समाजसेवी सिंहबहादुर धामीका अनुसार दर्शनार्थीहरूले धामी नाचगान, बाजागाजा बजाउने र देउडा खेल्नेलगायतका कार्यक्रम गरेर नवमी मेला सम्पन्न गर्ने गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.