हाम्रो पार्टी कम्युनिस्ट क्रान्तिको निरन्तर धार हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत (समाजवादी पार्टी)का अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीसँग बाध्य भएर विद्रोह गर्नुपरेको बताएका छन् । 

मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

सो क्रममा उनले आफ्नो पार्टी कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरता भएको बताउँदै जनताको विश्वास जित्न सक्ने बताए । ‘आफ्नो नेतृत्वको पार्टीले जनताको विश्वास जितेरै छाड्छ,’ उनले भने, ‘केपी ओली एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सिद्धान्त र विचार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएका हौँ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.