काठमाडाैं । धनुषाको लालगढमा अपन कथा अपने बुनैछी सम्बन्धि ७ दिने कार्यशाला सुरु भएको छ ।
समता फाउन्डेसनको आयोजनामा १८ महिने 'जस्ट फ्युचर फेलोशिप' परियोजना अन्तर्गतको उक्त बिषयको कार्यशालामा मधेस प्रदेशमा जातको प्रश्न र माहामारिमा दलित महिलाको नजरियाबाट जातको प्रश्नमा नयाँ कथाको परिकल्पना सम्बन्धि छलफल गरिनेछ ।
कार्यशालामा सदियौ देखि पिंधमा परिएका दलित महिलाहरु उक्त कार्यशाला पश्चात् समाजमा सबैलाइ उज्यालो बाटो देखाउने नेतृत्व गर्न सक्ने हुनेछन् भन्ने कुरामामा बिश्वस्त रहेको समता फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारले बताएका छन् ।
उक्त कार्यशालामाबाट धेरै कुरा सिक्ने र मधेसका दलित महिला हरुको कथा नयाँ ढंगबाट प्रस्तुत गर्न उत्साहित भएको कार्यशालामा सहभागी महिलाहरुले बताएका छन् ।कार्यशालामा मधेस प्रदेशका १६ जना दलित महिलाहरु सहभागी छन् ।