काठमाडौं । मासु व्यवसायीले दशैंका लागि मासुको औसत मूल्य तोक्ने भएको छ । व्यवसायीहरु दशै तिहारका लागि तयारी मासुको मूल्य तोक्न तयार भएको हो ।
वाणिज्य। आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यवसायीबिच भएको छलफलमा व्यवसायी मूल्य तोक्न राजी भएको हो ।
उक्त छलफलमा उपत्यकामा मासुको माग कति हुन्छ, बजार मूल्य कस्तो रहन्छ र मासुको उपलब्धताबारे छलफल भएको विभागले जनाएको छ ।