काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)को पहिलो बैठकमा राजनीतिक प्रस्तावका लागि छुट्टाछुट्टै समूह निर्माण गरि छलफल चलाइएको छ । भोलीसम्म चल्ने केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष नेपालले भने राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
नेता नेपालले पेश गरेको प्रतिवेदनमा नेकपा एमाले सदाका लागि प्रमुख दुश्मन रहेको उल्लेख छ । यस्तै एमाले बाहेक सबै लोकतान्त्रिक वाम एकता निर्वाचनसम्म पनि गठबन्धनमा रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
एमाले एकताका लागि गरेको १० बुँदे सहमतिलाई पनि नेता नेपालले प्राविधिक बनावट मात्रै भएको दावी गरेका छन् । १३ पेज लामो प्रतिवेदनमा पार्टीको सबै संरचना निर्माण गर्नेदेखि नेकपा एमालेसँग समानन्तर कार्यक्रम तथा संरचना बनाउने विषय उल्लेख गरिएको छ ।
प्रतिवेदन जस्ताको तस्तैः
https://drive.google.com/file/d/1mbdoTRsUNC5Ifs0ANFm439dqURvpHo-y/view