अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक

काठमाडौं । झरना थापाले निर्देशन गरेको फिल्म ए मेरो हजुर ४ को ट्रेलर सार्वजनिक गरिएको छ । विहीवार राजधानीमा एक कार्यक्रमको बिच फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । फिल्ममा अनमोल केसी र सुहाना थापाको मूख्य भूमिका रहेको छ । 


सुनिलकुमार थापाले निर्माण गरेको फिल्म नयाँ बर्ष २०७९ बैशाख १ गतेबाट रिलिजमा आउँदैछ । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको सुपरहिट फिल्म ए मेरो हजुर को चौथौं श्रृंखलाको रुपमा ए मेरो हजुर ४ निर्माण भएको हो । 

प्रेमकथामा आधारित फिल्ममा लभ, रोमान्स र रोदन समेटिएको छ । फिल्ममा सरोज खनाल, रवि गिरी र सलोन बस्नेतको पनि मुख्य भूमिका छ । संजय लामाले खिचेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरीयोग्राफी र मित्र डि गुरुङको सम्पादन रहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.