महोत्तरीका विद्यालय धमाधम खुल्न थाले
कोभिड-१९ माहामारीका कारण लामो समयदेखि बन्द  महोत्तरीका विद्यालयमा पठनपाठन सुरु भएकाे हाे । 

विशाल बस्नेत 

महोत्तरी ।   महोत्तरीका विद्यालय धमाधम खुल्न थालेका छन्  ।कोभिड-१९ माहामारीका कारण लामो समयदेखि बन्द विद्यालयमा पठनपाठन सुरु भएकाे हाे । 

 प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि महाेत्तरीका १५ वटै स्थानीय तहका आधा विद्यालयमा पढाइ सुरु भएकाे हाे ।

 

संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनकाे जिम्मेवारी स्थानीय सरकारलाई दिएकाे हाे । 'स्थानीय सरकारले जाेखिमकाे आँकलन गरेर विद्यालय सञ्चालन गर्न सक्छन्,' प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले न्युज कारखानासँग भने ।

टुटेश्वरनाथ माध्यमिक विद्यालयका प्रधानध्यापक अम्बर विक झन्डै ९० प्रतिशत विद्यार्थी राखेर पठनपाठन थालिएकाे बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.