रातको समयमा धेरै वर्षा हुने सम्भावनाः मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । आज दिउँसो बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही ठाउँ र प्रदेश १ मा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगतका केहि दिनदेखि देशभरको मौसममा आंशिकदेखि सामान्य बद्ली भइरहेको छ भने लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाको अनुसार आज र भोलि दिउँसोको समयमा भन्दा पनि रातको समयमा भने धेरै वर्षा हुने सम्भावना रहेका बताएका छन् ।

प्रदेश १, गण्डकी, बागमती,,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.