सप्तरी । नेकपा(एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तरीको अध्यक्षमा रन्जिव साह निर्वाचित भएका छन् । शनिबार राजविराज मदननगर स्थित अनेरास्ववियु सप्तरीको १४ औं जिल्ला अधिवेशनबाट साह अध्यक्षमा निर्वाचित भएका हुन् ।
साहको नेतृत्वमा ३९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा रामअवतार यादव,सचीवमा अमर यादव निर्वाचित भएका छन् ।
त्यस्तै मनोज कुमार यादव, मनिषा कुमारी साह र दलसा आले मगर, सह-सचीव तथा सिमा तिमिल्सिना कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
सो संगठनको नेतृत्व लामो समयदेखि ललित नारायण रजकले गर्दै आएका थिए । अनेरास्ववियुका केन्द्रिय उप महासचिव भाष्कर खनालको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको थियो।