पोल्याण्डका वान्डोस्कीले जिते गोल्डेन शु

काठमाडौं । सन् २०२०–२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन गोल्डेन शुको अवार्ड जितेका छन् ।

उनले २९ खेलमा ४१ गोल गरेका थिए । ३३ वर्षीय लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनले बायर्न बुन्डेसलिगाको च्याम्पियनसमेत बनेका थिए ।

योसँगै एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत उनको नाममा रहेरहेका थिए । रोबर्ट लेवान्डोस्कीले गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका छन् ।​

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.