काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् ।
त्यहाँ उनले रोल्पा नगरपालिकाले निर्माण गरेको (जनयुद्ध स्मृति टावर)को उद्घाटन गर्नेछन् ।
टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम र कतिपयको शालिक पनि राखिएको छ ।
टावरको उद्घाटन सकेपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।