नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलको राजीनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन् । २०७६ असार ३ मा बसेको मन्त्रिपरिषदको बैठकले पोखरेललाई महानिर्देशकमा नियुक्त गरेको थियो ।

प्राधिकरणको स्पष्ट कानुन नभएका कारण पोरखेल २७ महिनामै पदबाट बाहिरिएका हुन् । पोखरेलले प्राधिकरणको बरमहलस्थित सञ्चालक समितिमा मंगलबार साँझ राजीनामा दर्ता गराएका हुन् ।

महानिर्देशकको सेवावधि २१ महिना बाँकी छँदै ६ वर्षे उपमहानिर्देशक पदका कारण अवकाश लिनुपर्ने भएपछि प्राधिकरणले भदौ ३१ गते पदावधिको अन्योलता प्रस्ट पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाइएको थियो । मन्त्रालयले भने यस विषयमा निर्णय दिन ढिलाई गरेको छ ।

१२ औं तहको ६ वर्षे सेवाअवधिकै कारण प्राधिकरणको उपमहानिर्देशकहरु नरेन्द्र थापा र देवानन्द उपाध्यायले पनि संचालक समितिमा राजीनामा बुझाइसकेका छन् । उनीहरुले एक हप्ता समय बाँकी छँदा सञ्चालक समितिमा राजीनामा बुझाएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.